Advertisement
SKIP THIS
डडेलधुरामा लागुऔषधसहित अछामका दुई युवक पक्राउ

डडेल्धुरा : डडेल्धुरामा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा अछामको साँफेबगर नगरपालिका–३ बस्ने २९ वर्षीय सुमन ठकुल्ला र २८ वर्षीय असोक स्वार रहेका छन्।

अमरगढी नगरपालिका–१ स्याउलेबाट लागुऔषध खैरो हेरोइन ५ ग्राम २७ मिलिग्रामसहित उनीहरुलाई बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरी चौकी स्याउलेबाट खटिएको प्रहरीले धनगढीबाट अछामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४०७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको बताएको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया