Advertisement
SKIP THIS
चौरपाटी गाउँपालिकाले स्व:बिरेन्द्रको परिवारलाई डेढ लाख आर्थिक सहयोग गर्ने

निराकरण खबर अछाम:अछामको चौरपाटी गाउँपालिकाले बीरेन्द्र शाहको परिवारलाई १ लाख पचास हजार दिने भएको छ।

ईपीएस परिक्षामा सहभागी हुनुपर्ने माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोलि लागेर ज्यान गुमाएका शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले राहत स्वरूप एक लाख ५० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले जानकारी दिए।

बुधबार बसेको आठौँ गाउँकार्यपालिका बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकको परिवारलाई एक लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको हो।यस्तै बिहिवार १९ गते चौरपाटी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय र शैक्षिक संस्थाहरु शोक बिदा रहने पनि शोक प्रस्तावमा उल्लेख छ ।

शुक्रबार इपिएसको कार्यालय ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा चौरपाटी गाउँपालिका वडा नं.१ सिउडीका २२ वर्षिय विरेन्द्र शाह र दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया