Advertisement
SKIP THIS
अछाम कारागारबाट लागु औंषध खैरो हिरोईन सहित १ जना प्रकाउ

तारामान खड्का अछाम:अछाम कारगारमा लागु औंषध खैरो हिरोईन सहित १ जना प्रकाउ परेका छन् ।

प्रकाउ पर्नेमा कमलबजार नगरपालिका ३ का जनक बडुवाल रहेका छन् ।उनि अछाम कारागारमा स्विपर पदमा कार्यरत छन।उनको साथबाट ७ सय ४० मिलिग्राम लागू औंषध खैरो हिरोईन प्रकाउ परेका जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउदले जानकारी दिए।उनले मासु भित्र लुकाएर लागू औंषध खैरो हिरोईन लगेका थिए । थप एक जनालाई सोधपुछका लागि लिइएको पक्राउ परेका र सोधपुछका लागी लिइएका दुबैजना अछाम कारागारमा कार्यरत कर्मचारी हुन् ।

बिशेष सुचनाका आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय अछामबाट गएको प्रहरी टोलिले प्रकाउ गरेको हो।प्रकाउ परेका बडुवालाई लागु औंषध मुद्दामा दर्ता भई अनुसन्धान भईरहेको सूचना अधिकारी साउदले बताए ।

तपाईको प्रतिक्रिया