Advertisement
SKIP THIS
दियालो बहुउद्देश्यीय सहकारी संस्थाको १३औं बार्षिक साधारणसभा सम्पन्न

निराकरण खबर अछाम:दियालो बहुउद्देश्यीय सहकारी संस्थाको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।

मंगलबार सहकारीको कार्यालय बान्नीगढी जयगढ गाउँमापालिका वडा नं १ गाज्रामा सम्पन्न भएको साधारणसभाले राम थापाको अध्यक्ष्ातामा नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यक्रम प्रमुख अथिति बान्नीगढी जयगढ गाउँमापालिका वडा नं १ गाज्राका अध्यक्ष गजेन्द्र बहादुरले सहकारी बचत गर्ने बानिको बिकाश गरेको बताए ।गाउँ घरमा सञ्चालित सहकारी संस्थाहरुले नागरिकलाई जोड्ने काम गरेको आर्थिक रुपले समस्या परेकाहरुलाई सहजै ऋण उपलब्ध गराउदा नागरिकलाई सहज भएको बताए ।

संस्थाको उपाध्यक्षमा सीता खड्का, कोषाध्यक्षमा दुर्गा सुनार सचिव सेमन्त बहादुर खड्का लगायत ५ जना सदस्य रहेका छन ।साधारणसभाले आर्थिक बर्ष २०७९/८० को लेखापरीक्षण सार्वजनिक गरेको छ। संस्थाको कुल पुजी ३० लाख ६५ हजार १ सय ८० रुपैया रहेको छ।

तपाईको प्रतिक्रिया