Advertisement
SKIP THIS
बिरेन्द्र र सुजनको न्यायको लागि चौरपाटीमा प्रर्दशन

निराकरण खबर अछामःकोरियन भाषा परिक्षामा सहभागी हुनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोलि लागी मृत्यु भएका २ युवकको न्यायको लागि अछामको चौरपाटी गाउँपालीमा प्रर्दशन गरिएको छ ।सोमबार मृतक बिरेन्द्र शाहको गाउँपालीका समेत रहेको चौरपाटीमा स्थानियले प्रर्दशन गरेका हुन । स्थानियहरुले क्षतीपुर्ती सहित परिवारलाई उचित राहत, परिवारका सदस्यलाई रोजगारी दिनुपर्ने माग गर्दै प्रर्दशन गरिएको स्थानिय निराजन खड्काले बताए ।

सरकारको लापरवाहिले युवाहरुले अनायसै ज्यान गुमाउनु परेको,देशमा रोजगारी दिन नसक्ने सरकारले बिदेश जान्छु भन्दा पनि गोली हानी हत्या गर्ने गरेको भन्दै नागरिकले आक्रोश पोखेका छन । शुक्रबार इपिएसको कार्यालय ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा चौरपाटी गाउँपालिका वडा नं.१ सिउडीका २२ वर्षिय विरेन्द्र शाह र दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया