Advertisement
SKIP THIS
प्रहरीको गोली लागि मृत्यु भएका बिरेन्द्र र सुजनको न्यायको लागि अछाममा प्रदर्शन

निराकरण खबर अछाम:कोरियन भाषा परिक्षामा सहभागी हुनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोलि हालि मृत्यु भएका २ युवकको न्यायको लागि अछाममा प्रदर्शन भएको छ।

आईतवार अछामको साँफेबगरमा स्वत्रन्त्र समूह अछामले नाराबाजी सहित प्रदर्शन गरेको हो।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको माग गरेको छ।

मृतक युवाहरूलाई शहीद घोषणा गर्नुपर्ने र मृतकका परिवारलाई रोजगारी ग्यारेन्टी सरकारले गर्नुपर्ने स्वत्रन्त्र समूह अछाम प्रमुख राजन कुँवरले माग गरे।

शुक्रबार इपिएसको कार्यालय ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा चौरपाटी गाउँपालिका वडा नं.१ सिउडीका २२ वर्षिय विरेन्द्र शाह र  दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया