Advertisement
SKIP THIS
प्रहरी गोली लागि मृत्यु भएका बिरेन्द्रलाई न्याय दिन अछामका जनप्रतिनिधिको माग

निराकरण खवर अछाम:कोरियन भाषा परिक्षामा सहभागी हुनुपर्ने माग गर्दा प्रहरीको गोली प्रहारबाट मारिएका अछामको चौरपाटी गाउँपालिका १ का बिरेन्द्र शाहको न्यायको माग गर्दै अछाममा जनप्रतिनिधिहरुले सरकार सँग माग गरेका छन ।

क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह, पूर्व सूचना तथा राज्य मन्त्री गोबिन्द शाह, पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एंव अछाम क्षेत्र नम्बर १ का संघीय सांसद शेरबहादुर कुँवर, एमाले नेता झपट साउद, माओवादी नेता दिपक साउद नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज कुलबहादुर कुँवर र कांग्रेस नेताहरु रामबहादुर बिष्ट, टिकाराम खनाल, नृप साउद लगायतका नेताहरू सरकार सँग माग गर्न पुगेका छन् ।

मृतकको न्यायका लागि मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ती र दोषिमाथि कारबाही गरिनुपर्ने लगायतका विषयमा छलफल भएको अछाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पुष्प शाहले बताए ।

यस्तै अछाम र दैलेखका जनप्रतिनिधि तथा नेताहरुले संयुक्त रुपमा छलफल गरि एक धारण बनाएर सरकार सँग पिडितका तर्फबाट माग गर्ने निर्णय गरेका छन।

कोरियन भाषा परिक्षामा जान आवेदन दिन पाउनुपर्ने माग राखेर आन्दोलित भएका युवाहरुले शुक्रबार काठमाडौंमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि बढेको भिड थेग्न नसकेर प्रहरीले चलाएको गोली लागेर अछामको चौरपाटी गाँउपालिका १ सिउडीका २२ वर्षीय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया