Advertisement
SKIP THIS
लम्कीका पत्रकार रमित पाण्डे सम्मानित

धनगढी : कैलालीको लम्कीका पत्रकार रमित पाण्डे सम्मानित भएका छन्। उनलाई सञ्चालन क्षेत्रबाट योगदान गरेको भन्दै स्वर्गीय एकेन्द्र बडुवाल स्मृति प्रतिष्ठानले ‘वर्ष २०८० पत्रकारीता पुरस्कार’बाट सम्मान गरेको हो।

प्रतिष्ठानले उनलाई नगद पाँच हजारसहित सम्मान गरेको छ। स्वर्गीय एकेन्द्र बडुवाल स्मृति प्रतिष्ठानले विगत तीन वर्षदेखि विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरूलाई सम्मान गर्दै आएको छ। शुक्रवार पाण्डेलाई प्रतिष्ठानले नगदसहित सम्मान गरेको हो। उनीसँगै खेल क्षेत्रमा योगदान गरेका भन्दै प्रशिक्षक कपिल ढकाललाई समेत सम्मान गरिएको छ।

जिल्लाको लम्कीमा शुक्रवारदेखि एकेन्द्र बडुवाल स्मृति कप तेस्रो ब्याडमिन्टन प्रतियोगिता २०८० को सुरु भएको छ। सोही अवसरमा उनीहरूलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र बडुवालले बताए।

तपाईको प्रतिक्रिया