Advertisement
SKIP THIS
मन्त्री देउवाद्वारा बाजुरामा दुई मोटरेबल पुलको शिलान्यास

बाजुरा :सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास  मन्त्री प्रकाशबहादुर देउवाले डडेल्धुरा, डोटी, अछाम र बाजुरा जिल्लामा प्रदेश सरकारबाट सञ्चालित विकास आयोजनाको अनुगमन र निरीक्षण गर्ने क्रममा आज बाजुराको बुढिगङ्गा– बिराबगर सडक पुल उद्घाटन, त्रिवेणी नगरपालिका वडा नम्बर–४ मा रहेको मालागाड मोटरेबल पुल र बडिमालिका नगरपालिका वडा नम्बर २ भौनेरा नदी मोटरेबल पुलको शिलान्यास गरेका छन्।

मालागाड मोटरेबल पुल पक्की पुल निर्माण कार्यका लागि सुदुरपश्चिम प्रदेश सरकार भौतिक पुर्वधार विकास मन्त्रालयद्वारा ९ करोड ४१लाख ५९ हजार छुट्टयाइएको थियो । मालागाड पक्की पुल दुईवर्ष भित्र निर्माण कार्य गरि सक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ।

बाजुरा जिल्लाका योजना अनुगमनको क्रममा बडिमालिका नगरपालिका उपप्रमुखले मन्त्री देउवाको स्वागत गर्दै नगरपालिकाका तर्फबाट प्रदेश सरकारलाई माग पत्र बुझाएका छन्।

मन्त्री देउवाको जिल्ला भ्रमण टोलीमा  सुदूरपश्चिम प्रदेश सभाका सदस्य मेघराज खडका, मान बहादुर रावल र बाजुरा जिल्ला समन्वय समितिका प्रमुख ललित कुँवर, दिपायल सिलगढी नगरपालिकाका प्रमुख  विजयसिंह खड्का सहभागी रहेको मन्त्री देउवाको सचिवालयले जनाएको 

तपाईको प्रतिक्रिया