Advertisement
SKIP THIS
अछाम बाजुरा जोड्ने बिराबगर मोटरेबल पुलको मन्त्री देउवाद्वारा उद्घाटन

निराकरण खबर अछाम:अछाम बाजुरा जोड्ने बुढिगंगा बिराबगर मोटरेबल पक्की पुलको उद्घाटन गरिएको छ।शुक्रबार सुदूर पश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले पुलको उद्घाटन गरे।

पुल सम्म पुग्ने बाटो स्तर उन्नतिका लागि आवश्यक बजेट बिनियोजन गर्ने मन्त्री देउवाले प्रतिबद्धता जनाए ।२०७२ सालबाट निर्माण भएको पुल २०८० असारमा सम्पन्न भएको थियो ।पुलको लागत ५ करोड ४१ लाख १३ हजार रहेको छ।

पुल निर्माण सम्पन्न भएसँगै अछामको मेल्लेख गाउँपालिका र बाजुराको बुढीगंगा नगरपालिकामा यातायातको सहज पहुँच पुगेको छ। मेल्लेख गाउँपालिका तर्फबाट १ करोड लागतमा
स्तर उनन्ति भईरहेको छ।

तपाईको प्रतिक्रिया