Advertisement
SKIP THIS
तुर्माखाँद गाउँपालिकामा छोराछोरी सरकारी बिधालयमा पढाउनु पर्ने

निराकरण खबर अछाम:अछामको तुर्माखाँद गाउँपालिका जनप्रतिनिधि राजनीतिक दल, शिक्षक र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु सहमति गरेका छन।

विद्यालयमा राजनीतिक दलका भ्रातृ सङ्गठन गठन गर्न नदिने जनाइएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन भन्दै गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिज्ञ, शिक्षक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिले साझा सहमतिबाट उक्त सहमति गरेका हुन् ।

दुई दिने शैक्षिक संवादपछि जनप्रतिनिधि, शिक्षक, राजनीतिक दल, स्थानीय कर्मचारी, विद्यालय व्यवस्थापन समितिमा आबद्ध व्यक्तिका छोराछोरीले सामुदायिक विद्यालयमै अध्यापन गराउनुपर्ने प्रतिबद्धतासहितको सहमति जुटेको हो।

सरकारी विद्यालयमा पढाउने र विद्यालयमा भ्रातृ सङ्गठन गठनमा रोक लाउनेमा सरोकारवालाको सहमतिलाई कार्यपालिकामा निर्णय गरेर लागु गरिने बताइएको छ। विद्यार्थीको गुणस्तर वृद्धिमा सबै जना एकमत भएकाले सोही अनुसार गाउँपालिकाले आफ्ना गतिविधि गर्ने अध्यक्ष डम्बर बिसीले बताए ।

तपाईको प्रतिक्रिया