Advertisement
SKIP THIS
तीन दशकभन्दा बढी समयसम्म देशलाई ठगेका कारण रास्वपा आएको हो

काठमाण्डौ:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तीन दशकभन्दा बढी समयसम्म देशलाई ठगेका दलले भर्खर खुलेको पार्टीलाई गाली गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

स्याङ्जाको वालिङमा शुक्रवार आयोजित कार्यक्रममा उनले २०८४ सालको चुनावमा पुराना दललाई बढार्ने चेतावनीसमेत दिए। लामिछानेले भ्रष्टाचारमा लिप्त रहेर सत्ताको हालीमुहाली गरिरहेका दललाई विस्थापित नगरी देश नबन्ने बताए।

‘बोलेर मात्र हुँदैन रहेछ, हुनेभए मैले विश्व रेकर्ड तोडेको थिए। यिनीहरूलाई २०८४ मा बढार्नु पर्छ,’ उनले भने, ‘३४ वर्ष देश ठग्नेहरू भर्खर आएको दललाई गाली गरिरहेका छन्।’ भ्रष्टाचारको रजगज गरिरहेका दलले आगामी दिनमा आफूलाई अप्ठेरो पार्ने जान्दाजान्दै परिवर्तनको कठिन बाटो हिँडिरहेको उनले बताए।

तपाईको प्रतिक्रिया