Advertisement
SKIP THIS
गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि

धनगढीः सुदुरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीवार भारतबाट फर्किएका ६० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको छ भने ५८ जनामा नेगेटिभ देखिएको छ।

प्रदेश आपतकालीन कार्य संचालन केन्द्र धनगढीका अनुसार सुदुरपश्चिममा ४ जनामा कोरोना संक्रमण देखिएको छ। हिजो(बुधवार) पनि २ जनामा कोरोना संक्रमण देखिएको थियोे।

तपाईको प्रतिक्रिया