Advertisement
SKIP THIS
महिलाबाट नै हिंसालाई प्रशय दिने काम भयो: अध्यक्ष साउद

निराकरण खबर अछाम :अछामको चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले गाउँपालिकाले महिला हिंसा बिरुद्ध काम गरिरहेको तर हिंसा घरमै लुकाउने चलन बढेकोले समस्या भएको बताए ।

शुक्रबार चौरपाटी गाउँपालिका अछामको आयोजना र जिल्ला प्रहरी कार्यालय अछामको सहकार्यमा आयोजना भएको महिला हिंसा, बालबालिका,छुवाछूत लागू औंषध दुर्व्यसन न्युनिकरण सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साउदले महिलाहरु नै हिंसा लुकाउने काम गरिरहेको बताए ।

हिंसा भए कहि कतै उजुरी गर्ने ठाउँ नभए प्रहरीको पैसा नलाग्ने फोन १००मा खबर गर्न सकिने , महिला हिंसा बिरुद्ध न्यायीक समितिले समेत काम गरेको बताउदै अध्यक्ष साउदले अन्याय परे पालिकाको न्यायीक समितिमा आउन अनुरोध गरे।

चौरपाटी गाउँपालिकामा छाउपडि गोठ पुनः लागिरहेका महिलाहरू नै गोठ लगाउन लागेका भन्दै अध्यक्ष साउदले महिलाहरुले हिंसालाई प्रशय दिएको बताए ।

गाउँपालिकाले लागू औंषधमा फसेका हरुको समेत उद्दार गरि सुधारकेन्द्रमा पठाई उपचार गरेको अध्यक्ष साउदले बताए ।
लागु औंषध र महिला हिंसा बालबालिका जस्ता कुरीति बिरुद्ध जनचेतना मुलक कार्यको लागि गाउँपालिकाले काम गरिरहेको अध्यक्ष साउदले बताए ।

तपाईको प्रतिक्रिया