Advertisement
SKIP THIS
कुरीति अन्त गर्न सबैले लाग्नुपर्छ समन्वय प्रमुख कुँवर

निराकरण खबर अछाम:जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले छाउपडि कु प्रथा जस्ता कुरीति अन्त गर्ने सबेरै आ आफ्नो ठाउँबाट लागे मात्रै न्युनिकरण हुने बताएका छन।

शुक्रबार चौरपाटी गाउँपालिका अछामको आयोजना र जिल्ला प्रहरी कार्यालय अछामको सहकार्यमा आयोजना भएको महिला हिंसा, बालबालिका,छुवाछूत लागू औंषध दुर्व्यसन न्युनिकरण सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कुँवरले नागरिक चेनशिल भएमात्र समाज सभ्य बन्ने बताए ।

पछिल्लो समय हिंसा हरु घट्नुपर्नेमा बढीरहेकाले सरोकारवालाहरुले सोच्नुपर्ने बताए ।महिलाहरु आार्थिक रुपले सम्पन्न भएपछि महिला हिंसा स्वत कम हुने,स्थानीय तहले आयआर्जन लगानी गर्नुपर्ने गर्नुपर्ने बताए ।

चौरपाटी गाउँपालिका फलफूलको उच्च सम्भावना रहेको क्षेत्र भएकाले फलफूल खेतीमा लगानी गरि नागरिकलाई आर्थिक रुप
सम्पन्न बनाउने सकिने बताए ।

पछिल्लो समय किसानले उत्पादित गरेको कृषि उपजले बजार नपाएको गुनासो सुनिएकोले बजारिकरणमा स्थानीय तहले सहयोग गर्नुपर्ने बताए ।किसानहरुले समेत संख्यात्मक रुपमा धेरै उत्पादन गरे खरिद कर्ता आफै किसानको खेतमै पुग्ने बताए ।

स्थानीय तहमा उत्पादित कृषि सामाग्रीहरु वडा हरुले खरिद गरि पालिका सम्म पुर्याउने, पालिकाहरु सो खरिद गरि बजारीकरण गर्न सकिने प्रमुख कुँवरले बताए ।अहिले अटो चालक अधिकांश लागुअौषध सेवन गरिरहेका गुनासो बढीरहेको बताउदै प्रमुख कुँवरले प्रहरी प्रशासनको ध्यानाकर्षण गराए।

आफ्ना बालबालिकालाई दुर्बयसनिबाट बचाउन लाग्नुपर्ने, सामाजिक सुरक्षा भत्ताको नाममा जेष्ठ नागरिकले सास्ती पाईरहेका स्थानीय तहले सुरक्षाको प्रवन्ध मिलायर वडामै बितरण गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया