Advertisement
SKIP THIS
नागरिकका गुनासो तथा जिज्ञासा सुन्न प्रहरी प्रशासन अछामको गाउँमा

निराकरण खवर अछाम:नागरिकका गुनासो तथा जिज्ञासा सुन्न अछाम प्रहरी प्रशासन गाउँ गाउँमा पुगेको छ।शुक्रबार जिल्ला प्रशासन र प्रहरी प्रमुख आफ्नो मातहत र कार्यालयबाट प्रदान गर्ने सेवा र नागरिकका गुनासो तथा जिज्ञासा सुन्न अछामको चौरपाटी गाउँपालिका पुगेको छ।

कार्यक्रममा स्थानीय नागरिक तथा स्थानीय तहका जनप्रतिनिधिहरुले नागरिकता, महिला हिंसा,बालबिवाह,छुवाछूत,लागु औंषध, दुर्वेसनबाट जिज्ञासा राखेका थिए ।

जिज्ञासाका उत्तर दिदै अछामका प्रहरी प्रमुख सन्तोष पाठकले प्रहरी नागरिकको सुरक्षामा सधै लागिरहेको बताए । शान्ति सुरक्षा सहित समाजमा हुने अपाराधिक क्रियाकलाप हुन नदिन प्रहरी लागेको बताए । प्रहरी सँग कुनै जिज्ञासा समस्या भए तत्काल खबर गर्न आग्रह गरे।

प्रहरी सबै ठाउँमा पुग्न नसक्ने भएकाले कुनै अपराधीक क्रियाकलाप भएको थाह पाए तत्काल खबर गर्न आग्रह गरे। कार्यक्रम उठेका जिज्ञासाको उत्तर दिदै अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जिल्ला प्रशासन कार्यालय नागरिकलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न लागि परेको बताए ।

अछाम जिल्लामा नागरिकताका बिषयमा समस्या देखा परेकाले प्रशासन सहजिकरण गरिरहेको बताए । जिल्ला प्रशासन कार्यालय अछामले कर्मचारी अभावमा समेत नागरिकलाई छिटो छरितो सेवा प्रदान गरिरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

नागरिकको घर दैलोमा पुग्दा त्यहाँका बस्तु स्थितिबारे जानकारी हुने, आफुले फोनबाट समेत कयौं सेवाग्राहीका जिज्ञासाको समाधान गरेको बताउदै प्रमुख जिल्ला अधिकारी आफु जनताको सेवक भएकाले सेवा गर्न अछाम आएको बताए । आफू र कार्यलय मातहत कुनै गुनासो, जिज्ञासा भए खबर गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया