Advertisement
SKIP THIS
जिल्ला अस्पताल अछामका अध्यक्ष बोगटी र मेसु यादवले लगाए एक अर्कालाई गम्भीर आरोप

तारामान खड्का अछामः जिल्ला अस्पताल अस्पताल अछाममा बिरामीको उपचार भन्दा बढी राजनितीक हुने गरेको छ । लामो समय देखी करारमा निमीत्त मेसुले चलाईरहेको जिल्ला अस्पताल अछाममा २०८० असोज २ गते मेडिकल अधिकृत (आठौं तहका) डाक्टर रवि कुमार यादवलाई स्वास्थ्य मन्त्रालयले काजमा मुख्यमन्त्रि तथा मन्त्रीपरिषदको कार्यालय सुदुरपश्चिम प्रदेश वा अन्तर्गत काम गर्ने गरी पत्र पठाएपछि उनि जिल्ला अस्पताल अछाममा निमित्त मेसुको आए । उनलाई अस्पताल प्रशासनले पनि स्वागत गर्यो ।

अध्यक्ष शिव बोगटी र निमीत्त मेसु रबि यादवको आ आफ्नै दावि

अस्पतालमा आफुले भनेको कर्मचारी भर्ना गर्न नमान्दा, अस्पतललाई निती नियममा चलाउदा अध्यक्ष बोगटीले नमानेको निमीत्त मेसु यादवको भनाई छ ।उनि भन्छन बिगत देखि अस्पतालमा चरम राजनितीक हुर्दै आएको, अस्पतालका सवारी साधन,जथाभावि प्रयोग,खरिद प्रक्रीया समेत टेन्डर नभई कोटसनमा चल्ने,कर्मचारी समेत मन लाग्दी बिदामा बस्ने,समयमा नआउने अस्पताल बेथीतीले भरिएकाले अस्पताललाई थीतीमा ल्याउन खोज्दा आफुलाई हटाईएको बताए । आफुलाई हटाएर आफ्नो नजीककोलाई मेसु बनाउने अध्यक्ष बोगटीको तयारी रहेको मेसु यादवले आरोप लगाए ।

अस्पताल ब्यावस्थापन समीती अध्यक्ष शिब बोगटी बिच बिवाद कती छ भनेर बुझ्न उनले लेखेको स्टाटसबाटै काफी छ ।अध्यक्ष शिब बोगटीले मेसु रबि यादवलाई इन्गीत गर्दै सामाजीक संञ्जाल फेसबुकमा गजेडी हाप माईन्ड भनेका छन । बोगटीले लेखेका छन मधेस जमिन्ने डाक्टर सबै अमरेश कुमार जस्तै हुन र मेरो भोगाई गजेडी हाप माइन्ड ।

यता अस्पताल बिकास समिती अछामका अध्यक्ष शिव बोगटीले निमीत्त मेसु यादवले मनोमानी गरेको बताए ,उनी अस्पतालमा आएर बिरामीको उपचार नगरि आदेश दिदै बस्ने ,सिसी टीभीमा हेरेर बस्ने, मन लागेको कर्मचारीलाई बिदा दिने,मन लागेकोलाई नदिने गरेको बताए । मेसु यादवले अस्पताललाई प्राईभेट कम्पनी चलाए जसरी चलाउन खोजेको आरोप लगाए ।

अध्यक्ष बोगटीका अनुसार मेसु यादव कार्यालयमा समयमा नआउने, १० बजे कार्यालयमा आएर २ बजे खाना खान जाने पछि नआउने, अछाममा काम गर्ने डाक्टर चाहिएको हा आदेश दिने होईन ,यसकारण उनको काज फिर्ता गराएको बताए । उनि आएदेखि अहिलेसम्म १ जना बिरामीको उपचार नगरेको,२ महिनामै पटक पटक बिदामा बसेको जिल्ला अस्पतालमा हालसम्म कुनै सिएस नरोकीएको तर मेसु यादवका कारण पहिलो पटक सिएस सेवा रोकीएको बताए ।
मेसु यादवका अस्पतालमै भएपनि उनि आफ्नो क्वाटरमा बसेका तर सिएस गर्न नआएकाले पहिलो पटक सिएस सेवा रोकीएको बताए । उनि अस्पतालमा भएपनि सिएस नगर्दा गर्भवतीलाई बयालपाटा अस्पताल रेफर गरिएको अध्यक्ष बोगटीले बताए ।

तपाईको प्रतिक्रिया