Advertisement
SKIP THIS
चौरपाटी गाउँपालिकाद्वारा बिधालयहरुको स्थलगत अनुगमन निरीक्षण

निराकरण खबर अछाम :चौरपाटी गाउँपालिका शिक्षा शाखाद्वारा पालिका भित्रका विद्यालयहरुको नियमित अनुगमन गरिएको छ।मंगलबार शैक्षिक सत्र २०८० को दोस्रो पटक सम्पूर्ण विद्यालयहरुको सघन रुपमा स्थलगत अनुगमन निरीक्षण गरिएको शीक्षा शाखा प्रमुख रामचन्द्र जोशीले बताए ।

मंगलबार पहिलो दिन पालिका भित्रका १३ वटा विद्यालय र ४ वटा बालविकास केन्द्रको स्थलगत अनुगमन निरीक्षण गरिएको विद्यालयहरूको शैक्षिक, भौतिक , व्यवस्थापकीय तथा दिवाखाजा लगायत विविध पक्षको अनुगमन विश्लेषणका आधारमा शैक्षिक सुधारका लागि विद्यालयका प्रधानाध्यापक शिक्षक तथा विद्यार्थी बीच सामूहिक छलफल गरिएको शाखा प्रमुख जोशीले बताए ।

अनुगमनका क्रममा समग्रमा विद्यालयहरूले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रयासरत रहेका उनलेे बताए ।अनुगमन गर्नका लागि गाउँ शिक्षा समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, शिक्षा शाखा,पेशागत संघस्ंगठन र शिक्षकको पेशागत विज्ञ समूह सम्मिलित ४ वटा समूहले मंगलबार पहिलो दिन पालिका भित्रका १३ वटा विद्यालय र ४ वटा बालविकास केन्द्रको स्थलगत अनुगमन निरीक्षण गरेको छ ।

तपाईको प्रतिक्रिया