Advertisement
SKIP THIS
अछाममा लागु औषध नियन्त्रणका लागि प्रहरीको उच्च निगरानी

निराकरण खबर अछाम:अछाममा लागू औषध उत्पादन, खरिद बिक्रि, ओसार पसार र सेवन हुन नदिन जिल्ला प्रवेशका चौखुट्टे र बेलखेत लगायतका सीमा नाकामा प्रहरीले निरीक्षण, अनुगमन गर्ने, निगरानी बढाउने भएको छ।

मंगलबार अछामका प्रमुख जिल्ला अधिकारी श्री शरद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले जिल्ला भित्र लागु पदार्थ रोकथाम तथा नियन्त्रण गरी शान्ती कायम गर्न बिभिन्न निर्णय समेत गरेको छ।

जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवरले प्रमुख आथित्यमा सम्पन्न भएको बैठकले जिल्लाका दशवटै स्थानीय तहहरुमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरुले स्थानीय तहहरुसँग समन्वय गरी माध्यामिक तह र सो भन्दा माथिल्लो तहला अध्ययनरत छात्रछात्रालाई र विभिन्न सामाजिक संघसंस्थालाई सहभागी गराई लागु औषधको जल्पाइन, ओसार पसार निरुत्साहन गर्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने, गराउने निर्णय गरेको छ।

यस्तै बैठकले जिल्ला भित्र लागु पदार्थ रोकथाम तथा नियन्त्रण गरी शान्ती सुव्यवस्था बनाइ राख सुरक्षा निकायहरुले अन्तर जिल्ला समन्वय समेत गरी सुरक्षा निकाय बिच सूचना आदान प्रदान गर्ने, गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल बताए ।

यस्ता अपराधीक क्रियाकलाप गरे नजिकको प्रहरी कार्यालय नेपाल प्रहरीको नि शुल्क टोल फ्रि नम्बर १०० मा फोन गर्न प्रमुख जिल्ला अधिकारले नागरिकमा आग्रह गरे।

तपाईको प्रतिक्रिया