Advertisement
SKIP THIS
अछाममा महिला,शान्ति र सुरक्षा सम्वन्धी जिल्ला समन्वय समिति गठन

अछाम : अछाममा महिला शान्ति र सुरक्षा सम्बन्धि कार्ययोजना
कार्यान्वयन जिल्ला समन्वय समिति गठन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा निर्देशक समिति गठनको लागि समन्वय समितिको बैठकले जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवरको संयोजकत्वमा १० वटै पालिकाका प्रमुखहरु,प्रमुख जिल्ला अधिकारी रहने गरि समिति गठन गरेको छ।

समितिको सदस्यमा नगरपालिका तथा गाउँपालिका अन्तर्गतका द्वन्द पीडित एवं प्रभावित महिला बालबालिकाको समिष्टगत आवस्यकता पहिचान उपसमिति संयोजकबाट समितिले तोकेको दुई जना महिला सदस्य ,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ,शिक्षा तथा समन्वय इकाई प्रमुख ,जिल्ला प्रहरी कार्यालय प्रमुख सदस्य रहनेछ ।

यस्तै जिल्ला अस्पताल प्रमुख ,प्रतिनिधि समिती तोकेको द्वन्द्व पीडित महिला दुई जना ,नेपाल पत्रकार महासंघ र नेपाल बार एसोसिएन जिल्ला शाखाबाट एकएक जना,सीमान्तकृत ,अपांगता,लैङ्गिक , योनिक,अल्पसंख्यक ,आदिवासी दलित ,जनजाति समुदायको क्षेत्रमा कार्यरत संघ संस्थाबाट दुई जना सदस्य र प्रशासकीय अधिकृत सदस्य सचीव रहने गरि समिती रहनेछन।

महिला शान्ति र सुरक्षा सम्बन्धि कार्ययोजना कार्यान्वयन जिल्ला समन्वय समितिले राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धमा स्थानीय तहहरु बीच समन्वय गर्ने ,स्थानीय तह भित्र संचालित कार्ययोजना संग सम्बन्धित कार्यक्रम कार्यान्वयनको अनुगमन तथा मुल्यांकन गर्नेछ।

यस्तै समितिले राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धमा स्थानीय तहमा प्राप्त सुझाव प्रदेश तथा राष्ट्रिय निर्देशक समिति समक्ष पठाउने, कार्ययोजना सम्बन्धि प्रगति विवरण प्रदेश तथा राष्ट्रिय निर्देशक समितिलाई उपलब्ध गराउने काम गर्नेछ ।

तपाईको प्रतिक्रिया