Advertisement
SKIP THIS
डोटीमा एक किशोरीमाथि सामूहिक करणी गर्ने दुई जना जेल चलान

डोटीः डोटीमा एक किशोरीमाथि सामूहिक करणी गर्ने दुई जनालाई कारागार चलान गरिएको छ, भने एक जनालाई बाल सुधार केन्द्र सिलगढीमा पठाएको छ।

उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ।

जिल्लाको बडीकेदार गाउँपालिका–२ का १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामीलाई जिल्ला अदालत डोटीले पुर्पक्षका लागि कारागार चलान गरेकोे छ।

अर्का एक जनालाई बाल सुधार केन्द्र सिलगढीमा पठाएको प्रहरी नायव निरीक्षक नारायणसिँह नेगीले बताए।

तपाईको प्रतिक्रिया