Advertisement
SKIP THIS
लैङ्गिक हिंसा न्युनिकरणका लागि बिधालयको भुमिका महत्त्वपूर्ण: अध्यक्ष साउद

निराकरण खबर अछाम:अछामको चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउँदले लैङ्गिक हिंसा न्युनिकरणका लागि बिधालयको भुमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

आईतवार लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा पालिका स्तरीय महिला सरोकार मञ्चले आयोजना गरेको वक्तीव कला कार्यक्रममा बोल्दै अध्यक्ष साउदले बिधार्थीहरुलाई लैङ्गिक हिंसाबारे शिक्षा दिनुपर्ने बताए ।

आजका बिधार्थी भोलिका देशका कर्णदार भएको बिधार्थीहरुलाई हिंसा न्युनिकरणमा बारे सिकाउदाँ घरमा प्रत्यक्ष लाभ हुने बताए ।
बिधालयबाट बिधार्थी मात्रै नभई सिङ्गो समाजले आचरण सिक्ने हुदाँ समाज रुपान्तरणमा बिधालयको महत्त्वपूर्ण भुमिका रहने अध्यक्ष साउदले बताए ।

आजका बिधार्थी भएपनि भोलिका दिनमा समाजमै विभिन्न ठाउँमा उनिहरु काम गर्ने हुदाँ लैङ्गिक हिंसा न्युनिकरणमा महत्त्वपूर्ण भुमिका रहने बताए ।

यस्तै महिला हिंसा न्युनिकरणमा महिलाहरु पनि शसक्त भएर लाग्नुपर्ने बताए ।महिलाहरूलाई आर्थिक रुपले सम्पन्न बनाउन ब्यावसायीक क्रियाकलाप महिलाहरुलाई जोड्नु पर्ने यसका लागि गाउँपालिकाले सक्दो काम गरिरहेको बताए ।

कार्यक्रमका अध्यक्ष छेत्र कुवरले महिलाहरु आफुमाथी हिंसा हुदा समेत महिलाहरु चुप बस्ने गर्दा हिंसा थप बढेको बताईन।हिंसा हुदाँ चुप नभई कानुनी उपचार खोज्न अध्यक्ष कुवरले आग्रह गरिन।

लैङ्गीक हिंसा न्युनिकरणका लागि बिधालयको भुमिका महत्त्वपूर्ण पालिका स्तरीय वक्तीव कलामा सिउडी माध्यमिक बिधालय प्रथम, शान्ति माध्यमिक बिधालय मार्कु दृतिय र दशपल्ले माध्यमिक बिधालय सोकट तृतीय भएको थियोे ।

तपाईको प्रतिक्रिया