Advertisement
SKIP THIS
बान्नीगढीका महिलालाले देउडा मार्फत समस्या पोखे

निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकाका महिलाले देउडा गित मार्फत महिलाका समस्या, पिडा र अवस्था पोखेका छन् ।

आईतवार महिला हिंसा बिरुद्धको १६ दिने अभियानको समापन समारोहमा बान्नीगढी जयगढ गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको कार्यक्रम महिलाले आफ्ना समस्या देउडा मार्फत पोखेका हुन।

शाखाले आयोजना गरेको कार्यक्रममा पालिका भीत्रका १ देखि ६ वडाका महिलालाले देउडा मार्फत महिलाका समस्या अवस्था बारे सरोकारवालाको ध्यानाकर्षण गराएका हुन ।

संविधानमा महिलाको अधिकार लेखिए पनि कार्यन्वयन नभएको, महिला तथा बालिकाहरु बलात्कारको सिकार भईरेहेका,कञ्चनपुरकी निर्मला पन्तले अझैसम्म न्याय नपाईकी, नेताहरु समेत महिलाका समस्याबारे सम्वेदनशिल नभएका भनेर देउडा मार्फत भनेकी थिईन।

देशमा सरकारहरु भएपनि, महिला हिंसा न्युनिकरणमा सरकारले ध्यान नदिएको, महिलालाई आर्थिक रुपमा सम्पन्न बनाउने समेत राज्यले ठोस काम नगरेको उनिहरुले बताईन।

कार्यक्रममा प्रमुख अथिती बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले सरकारमा महिला सहभागीताका लागि मात्रै हुने गरेको बताईन।

महिलाले आफ्नो हक अधिकारका लागि अझै लड्नुपर्ने ,राज्यका निति तहमा महिलाको सहभागी अझै हुन नसकेको बताईन।

बिगत देखि आफू महिलाकै क्षेत्र काम गर्दै आएको गाउँपालिकाको उपाध्यक्ष भएपछि आफ्नो क्षेत्र अधिकारले भ्याएसम्म महिलाका लागि काम गरिरहेको बताईन।

स्थानीय तहमा न्यायिक समिति भएको बान्नीगढीमा आफू संयोजक भएको हुदाँ कुनै समस्या भए न्यायिक समितिमा आउन उनले आग्रह गरिन।

तपाईको प्रतिक्रिया