Advertisement
SKIP THIS
मिसन ८४ भन्नेलाई महामन्त्री शर्माले शुभकामना दिए

निराकरण खबर अछाम :नेपाली कांग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माले अहिले मिसन ८४ भनेर खुबै अभियान चलेको बताएका छन ।

सोमबार नेपाली कांग्रेस अछामको प्रथम जिल्ला अधिबेशनका लागी अछाम पुगेका महामन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा प्रती ईगींत गर्दै ८४ मात्रै नभई यस अघी र पछि पनि चुनाव हुने बताए ।

उनले भने अब्बल बिद्यार्थी त्यो होईन जसले परिक्षाको चिन्ता गर्छ,अब्बल त्यो हो जसले पढाईको चीन्ता गर्छ,कुनै पनि जिम्मेवार दले मस्तीकमा चुनाव,चुनाव राख्नुहुदैन उनले भने,शर्माले मिसन ८४ भन्ने दललाई चुनावको शुभकामना दिए ।

मिसन ०८४ नभई भिजन ९५ भनेर देशका लागि दलहरूले काम गर्नु आगामी १५ बर्षमा देशलाई कुन ठाउ सम्म पुयाउने भनेर लाग्नु पर्ने बताए । समस्या अहिले भएको अहिलेको समस्या समाधानमा लाग्नुपर्ने महामन्त्री शर्माले बताए ।

तपाईको प्रतिक्रिया