Advertisement
SKIP THIS
कांग्रेस अछामको प्रथम जिल्ला सम्मेलन आज,महामन्त्री शर्माले उद्घाटन गर्ने

अछाम : नेपाली कांग्रेस अछामले आयोजना गर्न लागेको प्रथम जिल्ला सम्मेलनको तयारी पुरा भएको छ । सातौँ जिल्ला अधिबेशन पश्चात पहिलो पटक हुन लागेको प्रथम जिल्ला सम्मेलनको तयारी पुरा भएको कांग्रेस अछामले जनाएको छ ।

आज सोमबार बिहान ११ गते सुरु हुने प्रथम जिल्ला सम्मेलनको उद्घाटन कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले गर्ने छन् । उद्घाटनका लागि महामन्त्री शर्मा अछाम पुगिसकेका र उनलाई हिजो साँझ अछामको पू्वि सिमाना बेलखेतमा स्वागत गरिएको थियोे ।

कार्यक्रममा अछामका १० वटै पालिकाबाट कांग्रेस नेता कार्यकर्ताहरुलाई जिल्ला सम्मेलनमा आमन्त्रण गरिएको नेपाली कांग्रेस अछामका सभापति पुष्प शाहले बताए ।

कार्यक्रमका लागि मञ्च व्यावस्थापन, बास बस्नका लागि होटल व्यावस्थापन र ब्यानर तथा गेट निर्माण काम सकिएका जिल्ला सचिव टक्कर शाहले बताए ।

तपाईको प्रतिक्रिया