Advertisement
SKIP THIS
मेल्लेख गाउँपालिकाले जब घोडाघोडी नगरपालिकाको सूचना चोर्यो

निराकरण खबर अछाम:अछामको मेल्लेख गाउँपालिकाले कैलालीको घोडाघोडी नगरपालिकाको सूचना चोरेको भेटिएको छ।

मंसिर १७ गते गाउँपालिकाले जारी गरेको पुनः एकिकरण कार्यक्रममा सुचिकृत बारे जारी गरेको एक सूचना कैलालीको घोडाघोडी नगरपालिकाबाट कपि गरेको पाईएको छ।

घोडाघोडीको सूचना कपि गरि मेल्लेख गाउँपालिकाको सूचना लेख्ने रोजगार संयोजक बिक्रम भण्डारीले प्रमुख प्रशासकीय धुब सापकोटालाई पठाउदा उनले सूचना नपढेर हस्ताक्षर गरेका छन् ।

आफुले नहेरेर नै हस्ताक्षर गरेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले स्विकार गरे।

सुचना गलत लेखिदा समेत राम्रोसँग नहेरि सूचना सार्वजनिक हुदाँ गाउँपालिका रोजगार संयोजक बिक्रम भण्डारी र प्रमुख प्रशासकीय अधिकृत धुब सापकोटाको अज्ञानताका स्पष्ट भएको छ।

तपाईको प्रतिक्रिया