Advertisement
SKIP THIS
लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम रिडिकोटमा सम्पन्न

निराकरण खबर अछाम:लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम साँफेबगर नगरपालिका ६ रिडिकोटमा सम्पन्न भएको छ।

आईतवार जिल्ला विकास समिति अछामका पूर्व सभापति भरत कुमार स्वारको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अथिति स्वारले महिला हिंसा न्युनिकरणका लागि सबैले आ आफ्नो ठाउँबाट लाग्नु पर्ने बताए । महिला हिंसाका बिरुद्ध आवाज उठाउनेहरुनै महिला हिंसा गर्ने गरेको पाईएकोमा बोलेर मात्रै नभई ब्यावहारमा लागू गरे मात्रै बिकृति अन्त हुने बताए ।

कार्यक्रम नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य गाेकुल भाट बिशिस्ट अथिति रहेका थिए ।वडा अध्यक्ष हिक्मत कडायतको अध्यक्ष्ातामा भएकोमा कार्यक्रममा शसस्त्र प्रहरी बल खप्तड गुल्मका वरिष्ठ निरिक्षक कटक लगायतको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया