Advertisement
SKIP THIS
कांग्रेस अछामको जिल्ला सम्मेलन भब्य रुपमा सफल पार्न बिभिन्न समिति गठन

भगवती कुँवर साँफेबगर:अछाम नेपाली कांग्रेस सुदुरपश्चीम प्रदेशका महामन्त्री मेघराज खड्काले जिल्ला सम्मेलन सभ्य र भब्य रुपमा सफल पार्न नेपाली काग्रेसका सम्पुर्ण नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

यहि मसिर १८ गते सदरमुकाम मंगलसेन हुने पाटीको सातौ जिल्ला सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्नका लागी सबै पाटी पंक्तिलाई जुट्न आग्रह गरे।

बैठकका प्रमुख अतिथि समेत रहनु भएका महामन्त्री खड्काले केन्द्रिय महामन्त्री बिश्वप्रकाश शर्माको प्रमुख उपस्थिति रहने भएकाले सम्मेलनमा गाउँ टोलबाट कार्यकर्ताको उपस्थितिका लागी आब्हान गरे।

नेपाली काग्रेस साँफेबगर नगरकार्यसमितीका सभापति लाल बहादुर कुवरको अध्यक्षतामा आज सम्पन्न भएका बैठकले बिभिन्न तयारी उपसमिति गठन गरेको छ ।

क्षेत्रिय सभापति कृष्ण बुढाको सयोजकत्वमा क्षेत्रगत सम्पर्क समिति,नेबि संघका जिल्ला सभापति खेमराज खड्काको सयोजकत्वमा प्रचारप्रचार उपसमिति,जिल्ला कार्यसमिति सदस्य सुरत कुवरको सयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति,महासमिती सदस्य भगवति खनालको सयोजकत्वमा स्वागत तथा अभिनन्द उपसििमत गठन गरेको छ ।

कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला पार्टी सभापति पुष्प बहादुर शाह,पुर्ब पाटी सभापति भरत कुमार स्वार लगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया