Advertisement
SKIP THIS
केपी ओलि शनिबार अछाम आउदै

निराकरण खबर अछाम:पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी शर्मा ओलि अछाम आउने भएका छन् ।

नेकपा एमालेले हिजोबाट सुरु गरेको ‘झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा शुक्रबार अछाम पुग्ने कार्यक्रम रहेको छ।

ओलिले भोलि अछामको साँफेबगरमा र मंगलसेनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साँफेबगरमा करिब ४० मिनेट बस्ने एमाले साँफेबगर नगर अध्यक्ष ढकेन्द्र कुँवरले बताए ।

साँफेबगरको सम्बोधन सकेर बयालपाटा अस्पतालको अनुगमन गर्ने र त्यसपछि मंगलसेनको कार्यक्रमलाई सम्बोधन गर्ने छ। ओलि शनिबार अछाममै बस्ने छन् ।

तपाईको प्रतिक्रिया