Advertisement
SKIP THIS
जंगलघाटमा पक्की पुल बनाउने मन्त्री परिषद्को निर्णय

निराकरण खबर अछाम:मंगलसेन चिसापानी सडकको जंगलघाटमा पक्की पुल बन्ने भएको छ।

बेतन कर्णाली जलविद्युतको डुबान क्षेत्र भन्दै सो क्षेत्रमा पुल बन्ने कि नबन्ने बारे अनिर्णित थियोे ।

बुधबार भौतिक पुर्वाधार मन्त्रालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सो क्षेत्रमा पक्की पुल बनाउने निर्णय गरेको अछाम २ का प्रतिनिधि सभा सदस्य माननीय पुष्प शाहले बताए ।

पक्की पुल बनाउने भनेर लामा कन्ट्रकसनले ठेक्का पाएपनि बेतन कर्णालीका कारण बेलिबृर्ज बनाउने वा मोटरेबल पुल बनाउने अनिर्णित थियो ।मन्त्री परिषद्को निर्णयले मोटरेबल पुल बनाउने निर्णय गरेपछि पुल बन्ने निश्चित भएको हो।

स्थानिय बासिन्दाहरुले जंगलघाटमा पक्की पुन बन्नुपर्ने बन्न निश्चित नभएको जलविद्युतको नाममा पुल निर्माण अबरोध नगर्नु पर्ने माग गरिरहेका थिए ।

करिव ५२ बर्ष अघि देखि काम सुरु भएर केहि बर्ष अगाडि सम्म मात्रै ट्याक खोलिएको चिसापानी जंगलघाट मंगलसेन सडक खण्डको चिसापानी जंगलघाट सडकमा पुल नबन्दा यातायात सञ्चालन हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया