Advertisement
SKIP THIS
डौठेगडा पुग्ने दुई वटै सडकको स्तर उन्नति

निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालिकाद्वारा डौठेगडा पुग्ने सडकको स्तर उन्नति गरेको छ।

मंसिर ११ गते लाग्ने डौठेगडा मेलालाई मध्यनजर गरि मेलामा जाने दुईवटै सडकको स्तर उन्नति गरि सकिएको बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ का अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए ।

कोटघर र बयालपाटाबाट डौठेगडा मेला पुग्ने सडकमा सहजै सवारी साधन सञ्चालन गर्न सकिने वडा अध्यक्ष खड्काले बताए ।

बिगतका बर्षमा बयालपाटा देखि डौठेगडा पुग्ने सडकमा हिलो हुने गरेको भएपनि यसपटक मेलामा पुग्ने सहज होस् भनेर समयमै सडकको स्तर उन्नति गरिएको वडा अध्यक्ष खड्काले बताए ।

तपाईको प्रतिक्रिया