Advertisement
SKIP THIS
डौठेगडा मेलाको भोलिपल्ट ‘हुड्केली’ नाच सहित देउडा खेलिने

निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिका १ गाज्रामा कार्तिक शुक्ल पूर्णीमाका दिन लाग्ने डौठेगडा मेलाको पछिल्लो दिन ‘हुड्केली’ नाच सहित देउडा खेल हुने भएको छ।

स्थानीय संस्कृति लोप हुदै गरेको संरक्षणमा टेवा पुगोस् भनेर हुड्के नाच सहित देउडा खेल हुने डौठेगडा मेला ब्यावस्थापन समिति अध्यक्ष भरत बहादुर खड्काले बताए ।

मंसिर ११ गते डौठेगडा मेला हुदैछ। मेलाको भोलिपल्ट बिगतमा ‘हुड्केली’ नाच देखाईदै आएकोमा हुड्के अभावमा नाच रोकिएको थियोे । यसपटक अछामी हुड्के हंस परियारले ‘हुड्केली’ नाच देखाउने मेला ब्यावस्थापन समिति अध्यक्ष खड्काले बताए ।

तपाईको प्रतिक्रिया