Advertisement
SKIP THIS
उघोग दिवसमा अछामका १२ उधमी सम्मानित

अछाम :नवौं उधोग दिवसको अवसरमा अछाममा १२ जना उत्कृष्ट उधमी हरुलाइ सम्मान गरिएको छ ।

“स्वदेशी उत्पादन अभियान ,उधमिको सम्मान ´´भन्ने मुल नाराका साथ घरेलु उधोग कार्यालय अछामले आयोजना गरेको उधमी सम्मान कार्यक्रममा जिल्लाका १२ जना उत्कृष्ट उधमी र दुई साझेदारी संस्था वाक नेपाल र सेभद चिल्ड्रेनलाई पनि सम्मान गरिएको हो ।

कार्यालयले गरेको सम्मानले आफुलाइ अझ झन हौसला प्राप्त भएको र आफ्नो उधमलाइ सक्रिय रुपमा बढाउन लागिपर्ने सम्मानित उधमी अनिता खड्काले बताइन्।चौरपाटी गाउँपालिका वडा नम्बर ५ निवासी खडकाले पढ्दै व्यवसायलाइ अगाडि बढाइ रहेकीछन् । नास्ता पसल संचालन गरेकी उनलाइ उत्कृष्ट उधमीका रूपमा सम्मानित गरिएको हो ।

उधमी हरुलाइ सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले स–साना उद्योगलाई प्राथमिकता दिई युवाहरूलाई आत्मर्निभरता बनाउन उद्योग सञ्चालनतर्फ आकर्षित गर्नुपर्ने बताए ।

अबको आर्थिक क्रान्ति उधमबाट मात्रै सम्भव भएकोले सबैले उधमशिल बन्नुपर्ने बताए ।  देशमा उद्यमको विकास भएपछी रोजगारीको सृजना हुनुका साथै बेरोजगारी समस्या हट्ने बताए ।

घरेलु तथा साना उद्योग कार्यालय अछामले स्थानीय सरकारसँग समन्वय गरेर  आवस्यकताको पहिचान गरि सोही बमोजिम उधम विकासका कार्यक्रम सञ्चालन गर्दै आएको घरेलु तथा साना उधोग कार्यालय अछामका प्रमुख भिम बहादुर सिंहले बताए ।

तपाईको प्रतिक्रिया