Advertisement
SKIP THIS
अछाममा सवारी दुर्घटना बढ्दो

निराकरण खबर अछाम:अछाममा आर्थिक बर्ष २०८०/०८१ को प्रथम चौमासिकमा २५ सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

यस्तै सोही अवधिमा भएका २५ सवारी दुर्घटनामा ८ गम्भीर घाइते र ३८ जना सामान्य घाइते भएका छन् ।

यो गत बर्षको भन्दा तेब्बर हो, गतबर्ष भरिमा ४४ दुर्घटनामा ५ जनाको मृत्यु हुदाँ १५ जना गम्भीर घाइते हुदाँ ३७ जना घाइते भएका अछाम प्रहरीले दिएको तथ्यांकमा उल्लेख छ।

यस्तै आर्थिक बर्ष २०७७/०७८ मा २६ दुर्घटना हुदाँ १० जनाले ज्यान गुमाउदाँ १० जना गम्भीर घाइते भएका र ७४ जना सामान्य घाइते ‍भएका प्रहरीले सार्वजनिक गरेको चौमासिक रिपोर्टमा उल्लेख छ।

कच्ची तथा साघुरा सडक, तिब्र गति, क्षमता भन्दा बढी यात्रु बोक्ने नै दुर्घटनाका कारण रहेका छन।

तपाईको प्रतिक्रिया