Advertisement
SKIP THIS
कमलबजार नगरपालिकाको कचकच केहि समयलाई साम्य

निराकरण खबर अछाम:बहुमत र अल्पमतका कारण सधै कचकच भईराख्ने अछामको कमलबजार नगरपालिकाको कचकच केही समयलाई साम्य हुने संकेत देखिएको छ।

शुक्रबार जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले नगर प्रमुख यज्ञ प्रशाद ढकाल उपप्रमुख शारद बिष्ट निमित्त प्रमुख प्रशासकीय अधिकृत खडकलाई बोलाएर बिवाद बारे छलफल गरेका थिए ।

४ घण्टा बढी भएको छलफलले तत्काल नगरपालिकाको नगरसभा आव्हान गरि नगरसभाबाट पारित कार्यविधि बमोजिम कर्मचारी समस्या समाधान गर्ने निर्णय गरेको छ।

छलफलमा एमाले जिल्ला अध्यक्ष चन्द बोहरा ,नेपाली कांग्रेस सचिव टक्कर शाह अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल ,प्रहरी प्रमुख सन्तोष पाठक राष्ट्रिय अनुसन्धान अधिकृत गोबिन्द पाण्डे लगायतका सरोकारवालाको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया