Advertisement
SKIP THIS
महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनु पर्छ:प्रमुख कुँवर

निराकरण खबर अछाम:जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले महिलाहरु जबसम्म आर्थिक रुपले हुदैनन् तबसम्म महिला अधिकारले न्याय नपाउने बताएका छन् ।

शुक्रबार महिला मानव अधिकार रक्षक सञ्जाल अछामको बैठकमा प्रमुख आथित्यबाट बोद्दै कुँवरले महिलाहरू अझैसम्म पछाडि परेको बताए ।

सामाजिक ,सास्कृतिक रूपमा सशक्त बनाउन राज्यको नितिमा उल्लेख भएपनि कार्यनयन नभएकोले सबैले आ-आफ्नो ठाउँबाट कार्यन्वयन गर्न लाग्नुपर्ने बताए ।

कुँवरले महिला मानव अधिकार रक्षक सञ्जाल महिला दिदिबहिनी हरुको सुख दुखका कुरा गर्ने थलो हुने बिश्वास ब्याक्त गरे।

तपाईको प्रतिक्रिया