Advertisement
SKIP THIS
नयाँ शहरको कार्यालय साँफेबगरमा तालाबन्दी

निराकरण खबर अछाम:अछामको नयाँ शहरको कार्यालय साँफेबगरमा तालाबन्दी गरिएको छ ।नयाँ शहर कार्यलयले बस्ती बसाल्नको लागी स्थानियका जग्गा लिएको ६ बर्ष बढी भएको तर हालसम्म बस्ती बसाल्नको लागी जग्गाको काम नगरेको भन्दै मंगलबार जग्गा धनीले कार्यालयमा ताल लगाएका हुन ।

नयाँ शहर कार्यालयले ल्याड पोलीङको काम चाडो गर्नुपर्ने नभए स्थानियका जंग्गा फिर्ता गर्नुपर्ने उनिहरुको माग रहेको छ। ६ बर्षमा काम नसक्दा जग्गा बिक्री गर्न नपाएको बैकीङ्क कारोबार गर्न नपाएकोले भुकम्पले पुराना घरहरु भत्कीने अवस्थामा पुगेका आफ्नै जग्गा भएर पनि घर लगाउन नपाएका उनिहरु बताउछन ।

बिश्व बैकको अनुदानमा नेपाल सरकारले २०६८ ÷६९ सालमा देशका १० ओटा नमूना शहर मध्ये अछामको साँफेबगरलाई पनि नमूना शहर बनाउने योजना अघि सारेको थियो । पहाडी क्षेत्रबाट तीव्र रुपमा भईरहेको बसाईसराई रोक्नका लागि सरकारले नयाँ शहरको अवधारणा ल्याएपनि स्थापनको १० बर्ष बढी हुदाँ समेत नयाँ शहर कार्यालय साँफेबगर लथालिङ्ग छ ।

नयाँ शहर कार्यलयले ल्याड पोलीङका साँफेबगर नगरपालीका ४ मष्टामाण्डौंको जयाकोटका स्थनिय १०० बढी जग्गा धनी पुर्जा लिएको ५ बर्ष भएपनि ल्याड पोलीङको काम अधुरै अलपत्र छोडेको छ ।

तपाईको प्रतिक्रिया