Advertisement
SKIP THIS
नेपाली कांग्रेस अछामको उप सभापतीमा अर्जुन ताम्राकार मनोनित

निराकरण खबर अछाम:नेपाली कांग्रेस अछामको उप सभापतीमा अर्जुन ताम्राकार मनोनित भएका छन । मंगलबार बसेको नेपाली कांग्रेस अछामको १६ औं बैठकले ताम्राकारलाई उपसभातिमा सर्बसम्मत निर्बीरोध मनोनित गरेको सह सचिव दिनेश स्वारले बताए ।

तामा्रकार नेपाली कांग्रेसमा लामासमयदेखि सक्रीय छन। पटक पटक नेपाली कांग्रेसको महाधिबेशन महासमिती सदस्य बनेका हाल समेत महासमिती सदस्य रहेका छन ।ताम्राकार नेपाली कांग्रेसमा स्वच्छ,ईमान्दार छबी बनाएका ब्याक्ती हुन ।

को हुन् उपसभापतीमा मनोनित कांग्रेस नेता अर्जुन ताम्राकार ?

२०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा भएको पहिलो जनआन्दोलन बिद्यार्थी हुदाँ नेविसंघबाट राजनितिक यात्रा प्रारम्भ गरेका नेता हुन् अर्जुन ताम्राकार । २०४६ सालमै टिकापुरमा कांग्रेस नेता रामसमच चौधरीबाट नेविसंघको सदस्यता प्राप्त गरेका नेता ताम्राकारले नेबिसंघ ईकाईको सभापती भएर काम गरे । तत्कालिन समयमा टिकापुरमा कजेल नहुदाँ उनि अछाम फर्केर जनता बहुमुखी क्याम्पसमा पढाई सुरु गरे ।

अछाम आईसकेपछि नेपाली कांग्रेसमा आवद्ध भएर काम गरेका उनि २०४९ सालमा नेपाली कांग्रेस चण्डीकाको गाँउ ईकाईको सचिव भए । २०५३ सालमा नेपाल किसान संघको सचिव हुदैँ २०५६ सालमा नेपाली कांग्रेस अछामको जिल्ला सदस्य भए । २०५६ साल देखि नै २०६२ सम्म नेपाल दलित संघ अछामको सभापती पनि भए । २०६/६३ को जनआन्देलनमा अछाममा नेपाली कांग्रेस भित्र रहेका दलितहरु मध्येबाट उनि मात्रै अछामको हिरासतमा बसेको थिए अरु क्षेत्रबाट २२ जना नेताहरु थिए । दलित समुदायको तर्फबाट हिरासतमा पर्ने उनि एक्लो व्यक्ती थिए ।

२०६६ सालमा नेपाल दलित संघको केन्द्रिय सदस्य मनोनित भएका नेता ताम्राकार नेपाली कांग्रेसको १२ आँै महाधिबेशनमा अछामबाट केन्द्रिय महाधिबेशन प्रतिनिधी निर्वाचित भएका थिए भने १४ औँ महाधिबेशनबाट उनि महासमिति सदस्यमा निर्वाचित भएका थिए

तपाईको प्रतिक्रिया