Advertisement
SKIP THIS
अछाम जिल्ला मकैको बीउका लागी आत्मनिर्भर बन्यो

निराकरण खबर अछाम :अछाम जिल्ला मकैको बीउको लागी आत्मनिर्भर बन्दै गएको छ ।२०७६ सालबाट कृर्षी ज्ञान केन्द्रले मकै,धान र गहुँको बिउ उत्पादनका लागी बिभीन्न कृषक, कृर्षी सहकारी सँग मिलेर काम गरिरहेको छ ।ज्ञान केन्द्रले लागत बिउमा ५० प्रतिशत अनुदान,बिउ बिजन बीउ उत्पादन क्षेत्रको खडा बाली निरिक्षण,नमुना जाच, उमार शक्ती,शुद्दता मापन,प्याकेजीङमा सहयोग गरिरहेको कृर्षी ज्ञान केन्द्र अछामका प्रमुख छपेन्द्र शमाले बताए ।

शर्माका अनुसार अछाम जिल्लामा २०७६ सालमा पहिलो पटक मकै,धान र गहुँको बीउ उत्पादन गर्न थालिएको हो ।उत्पादन सूरु गरेको बर्षमा मकै २८ क्विटल २०७७ मा ३२,२०७८ मा ७८,२०७८ मा १ सय २० र यो बर्ष १ सय ९० क्विटल मकैको बिउ उत्पादन गरिएको छ ।यस्तै धान २०७६ सालमा १४ क्विटल २०७७ मा १९,२०७८ मा २६, र २०७९ मा ३० क्विटल धानको बिउ उत्पादन गरिएको छ ।मकैका समेत बर्षेनी बिउ उत्पादन बढाएपनि साचे जस्तो नभएको शर्माले बताए ।

गहँु २०७६ सालमा १३ क्विटल, २०७७ मा २३, २०७८ मा २८ र २०७९ मा २९ क्विटल उत्पादन भएको शर्माले बताए । ज्ञान केन्द्रले मकैको बिउ उत्पादनका लागी ३ वटा कृर्षी सहकारी सँग काम गरिरहेको छ ।केन्द्रले मंगलसेन नगरपालीकामा शिवशक्ती कृर्षी सहकारी, रामारोशनमा गतिशील र मेल्लेखमा जनकल्याण कृर्षी संहकारीले बिउँ उत्पादन गरिरेका छन । उत्पादित बिउ जिल्लामा खपत नभए सहकारीहरुले नै अन्य जिल्लामा बिक्री गर्ने गरेका शर्माले बताए ,

तपाईको प्रतिक्रिया