Advertisement
SKIP THIS
अछाममा अटो दुर्घटना २ जनाको मृत्यु

निराकरण खवर अछाम:अछाममा अटो दुर्घटना २ जनाको मृत्यु भएको छ।गयराति ११ बजे जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थान टोट्केसालमा सु.प.प्र ०१ ००१ ह ५५४५ नम्बरको अटो दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको हो।

दुर्घटनामा परि कमलबजार नगरपालिका २ बस्ने जनक खड्काको र वडा नं ४ का दिपक बोहराको मृत्यु भएको छ।उनिहरुको उपचार क्रममा जिल्ला अस्पताल मंगलसेन ल्याउदै मृत्यु भएको हो।

अटोमा ६ जना सवार रहेका र अन्य घाइते हुनेमा सोही नगरपालिका ८ का देबेन्द्र बिष्ट,बिरेन्द्र बिष्ट र वडा नं ४ का लक्ष्मण थापा, दिनेश साउद घाइते भएका छन।

अटो मृतक दिपक बोहराले चलाएका , सडकबाट ५० मिटर तल खसेको अछाम प्रहरी प्रमुख सन्तोष पाठकले जानकारी दिए।क्षमता भन्दा बढी यात्रु तिब्र गतिका कारण अटो दुर्घटनामा भएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया