Advertisement
SKIP THIS
नैनिमा बन्यो हेलिप्याड

निराकरण खबर अछाम:अछामले पर्यटकीय क्षेत्र नैनिमा हेलिप्याड निर्माण गरिएको छ।

साँफेबगर नगरपालिका वडा नं. १२ स्थित विकट स्थानमा रहेको नैनी खप्तडमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ ।

हेलिप्याड निर्माण पश्चात उक्त स्थानमा आईपर्न सक्ने विपद् लगायत आकस्मिक घटनाहरुको उद्धार कार्यमा मद्दत पुग्ने साथै, धार्मिक र पर्यटकीय रुपमा प्रख्यात नैनीको पर्यटन प्रवद्धनमा समेत टेवा पुगेको
खप्तडका वडा अध्यक्ष जनक कडायतले बताए ।

गोरख बक्स गणको प्राविधिक सहयोग र साँफेबगर नगरपालिकाको आर्थिक सहयोगमा हेलिप्याड निर्माण हुदाँ गौरव महसुस भएको नैनिको संरक्षणमा र प्रवर्द्धन गरिरहेका अर्जुन रानाले बताए ।

सो क्षेत्रमा बिपद ब्यावस्थापनमा आकस्मिक उद्धार कार्यको लागी निकै लाभदायी हुने हुदाँ सेनाले जिल्ला सबै पालिकाहरुलाई हेलिप्याड निर्माण गर्नको लागी प्रोत्साहन तथा समन्वय गर्दै आईरहेको र उक्त काममा नेपाली सेनाले प्राविधिक सहयोग उपलब्ध गराईरहेको गोरख बक्स गणका गणपति प्रमुख सेनानी जनक सिलवालले बताए ।

तपाईको प्रतिक्रिया