Advertisement
SKIP THIS
अछाम कारागारका कैदीबन्दीलाई दालमोट बनाउने तालिम

अछामः अछाम कारागारमा रहेका कैदीबन्दीलाई आत्मनिर्भर बनाउँन तालिम दिइएको छ। जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई दालमोठ बनाउने तालिमको व्यवस्था गरिएको छ।

कैदीबन्दीको मागअनुसार घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको हो। विगतमा कार्यालयले बन्दीलाई सीप विकास तालिम दिँदै आइएको थियो। तालिममा १५ जना सहभागी भएका थिए। शनिवार एक कार्यक्रमका बीच तालिमको समापन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी शरद्कुमार पोखरेलले जानअञ्जानमा जेल सजाय भोगिरहेका नागरिकले आगामी दिनमा आफ्नो जीवनलाई सहज तुल्याउन  सीप सिक्न आवश्यक भएको बताए।   साथै तालिममा सहभागीलाई घरेलु तथा साना उद्योग कार्यालयले दालमोठ बनाउने मेसिन समेत प्रदान गरेको छ।

तपाईको प्रतिक्रिया