Advertisement
SKIP THIS
१ करोड ९ लाख बारे अध्यक्ष साउदले भने…….जनप्रतिनिधिको चरित्र हत्या गर्ने काम बन्द गर्नुस्

निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले पछिल्लो समयमा गाउँपालिका जनप्रतिनिधिको चरित्र हत्या गर्ने गरी भ्रम फैलाउने काम भईरहेको बताएका छन।

शुक्रबार बान्नीगढी जयगढ गाउँपालिकाले आयोजना गरेको चाडपर्व लक्षित शान्ति सुरक्षा, बजार अनुगमन लगायत समसामयिक बिषयको अन्तरक्रिया कार्यक्रम बोल्दै अध्यक्ष साउदले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मिलोमतोमा चोर बाटो बाट रकम बाडिएको भनेर आफुहरुको मर्यादा हनन गर्नुका साथै बदनाम गरिएको बताए ।

गाउँ सभामा ब्यापक छलफल गरेर नियम अनुसार बजेट कार्यान्वयन भइरहेका बेला गैर जिम्मेवार ढंगले प्रचार गरिएको भन्दै अध्यक्ष साउँले यस्तो नगर्न आग्रह गरे।

गाउँपालिकाले गरेका गतिविधिबारे जिज्ञासा भए पालिकाले सूचना अधिकारी तोकेको सूचना अधिकारीबाट सुचना लिन सकिने अध्यक्ष साउदले बताए ।
सचेत नागरिकले सभ्य भएर प्रस्तुत हुन उनलेे आग्रह गरे।

आफुले कहि कतैबाट पैसा मागेको भष्ट्रचार गरेको भए पुष्टि गर्ने चेतावनी दिए। हिसाबबै नजान्ने हरुले पैसा खायो भनेर आरोप लगाएका भष्ट्रचार गरेको प्रमााणित गरे जेल जान तयार रहेको बताए ।

बान्नीगढी जयगढ गाउँपालिकाको नेतृत्व सम्हाले देखि कुनैपनि ठाउँमा आफुहरु फेल नभएको दाबी गर्दै अध्यक्ष साउँदले ऐतिहासिक रुपमा बिभिन्न कामहरु सुरु गरेको दाबि गरे। उनले त्यसको नमूनाका रुपमा खेलकुद सप्ताहलाई प्रस्तुत गर्नुभएको छ ।

कार्यक्रमका सहभागिहरुबाट उठेका प्रश्नको जिज्ञासाको जवाफ दिदै अध्यक्ष साउँदले गाउँपालिकाको शान्ति सुरक्षा, बजार अनुगमन र सेवा प्रवाहका बारेमा आफुहरु सधैं सक्रिय रहेको दाबी गरे । मदिरा ब्यवस्थापन, जुवातास नियन्त्रण र गाउँपालिकाको प्रशासनिक भवन निर्माण लगायत उठेका प्रश्नहरुको पनि उनले जवाफ दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया