Advertisement
SKIP THIS
प्रतिबन्धित प्लास्टिकका मालाले सजिए अछामका बजार

तारामान खड्का अछाम:नेपालीहरुको द्रोस्रो महान चाड तिहार नजिकिए सँगै अछाममा प्लास्टिकका मालाले बजार सजिएका छन।केहि बर्ष पहिले अछामका बजारमा फाट्ट फुट्ट देखिने प्लाष्टीक र कपडाका मालाहरु पछिल्लो समयमा उल्लेखनीय रुपमा देखिन थालेका छन ।

सरकारले प्लास्टिकजन्य फूल माला र गुच्छाको आयातमा पूर्ण रोक लगाएको भएपनि अछाम जिल्लामा भने निवार्ध रुपमा बिक्री बितरण भईरहेका छन । प्रतिबन्धीत प्लाष्टीकका फुल माला निवार्ध रुपमा बिक्री बितरण हुदाँ समेत स्थानिय प्रशासन मौन बसेको छ ।

ब्यापारिहरुले जिल्ला सदरमुकाम मंगलसेन, प्रमुख ब्यापारिक केन्द्र साँफेबगर लगायतका बजारमा प्रतिबन्धीत प्लाष्टीकका फुल माला सजायरै राखेका छन ।

पछिल्लो समय भारतबाट आयातित प्लाष्टीक र कपडाका फुल मालाहरुले बजार ओगटेपछि अहिले गाउँघरमा समेत सयपत्री फुल सहित अन्य फुल लगाउनै छोडिएको छ।अछाममा ब्यावसायीक रुपमै फुल नलागाए पनि केहि बर्ष पहिलेसम्म खेत ,आली र घर आगनमा सयपत्री फुल ढकमक्क फुल्ने गरेका थिए ।

यता जिल्ला प्रहरी कार्यालय अछामले स्थानीय तहले रोक लगाउनु पर्ने बताएको छ। वन तथा वातावरण मन्त्रालयले २०७८ साउन ४ मा वातावरण संरक्षण ऐन अनुसार राजपत्रमा सूचना प्रकाशित गरेर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ ।

धनगढी उपमहानगरपालिका सहित अन्य केही स्थानीय तहले प्लास्टिकमा फुलमा बिक्री बितरण गरे कारवाहि र स्थानीय किसानलाई फुल खेती तर्फ आकर्षण गराईरहे पनि अछामका स्थानीय तहले सोचेका समेत छैनन् ।

तपाईको प्रतिक्रिया