Advertisement
SKIP THIS
अछाममा ब्वाँसोको आक्रमणबाट एकै दिनमा ३ जना घाईते

निराकरण खबर अछामः अछामको चौरपाटी गाउँपालीकामा ब्वाँसोले स्थानियलाई आक्रमण गर्न थालेको छ । चौरपाटी गाउँपालीका वडा नं ४ पायलको तल्लो क्षेत्रपित्रेनामा ब्वाँसोले एकै दिन ३ जनालाई आक्रमण गरेको छ ।

ब्वाँसोले पायलको कौसाडिकोट स्वास्थ इकाईमा कार्यरत बिन्दु खत्री ८० बर्षीय माखी खत्री र अन्दाजी ७० बर्षीय इन्द्र हुड्कलाई आक्रमण गरेको स्थानिय दिपक खत्रीले बताए ।

ब्वाँसोले आक्रमण गर्ने डरले पित्रेना क्षेत्रमा स्थानिय एक्लै हिड्न समेत नसक्ने अवस्था रहेको खत्रीले बताए । ब्वाँसोले आक्रमण गरेकाहरुलाई उपचारका लागी बयालपाटा अस्पताल लगीएको खत्रीले बताए ।

तपाईको प्रतिक्रिया