Advertisement
SKIP THIS
बाजुराको स्वामिकार्तिकको प्याज कैलालीका बजारमा

धनगढीः बाजुराको प्याज कैलालीको बजारमा पुगेको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको अर्गानिक प्याज कैलालीको अत्तरिया पुगेको हो।

स्वामीकार्तिक गाउँपालिकाको बाहुन गाउँमा उत्पादन भएको प्याज बिक्रिकालागि मङ्गलवार कृषि थोक बजार अत्तरियामा ल्याइएको छ। प्याज अत्तरियासम्म ल्याउन सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ढुवानी सहयोग गरेको छ। जिल्लाको स्वामीकार्तिक गाउँपालिका र बडीमालिका नगरपालिकाले बजारीकरण तथा प्रर्वद्धनकालागि सहयोग गरेका छन्। कार्तिक स्वामी बहुउदेश्यीय सहकारी संस्थाले सङ्कलनका लागि सहयोग गरेको हो।

स्वामीकार्तिक खापर गाउँपालिकामा करिब २ सय क्विन्टल प्याज उत्पादन भएको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताए । गाउँपालिकाले उत्पादित प्याज बजारिकरणमा सहयोग गरिरहेको र प्याज उत्पादनमा समेत गाउँपालिकाले जोड दिएको अध्यक्ष रोकायाले बताए ।

तपाईको प्रतिक्रिया