Advertisement
SKIP THIS
अछाममा छुट्टाछुट्टै जिप दुर्घटना: ९ जना घाइते

निराकरण खबर अछाम:अछाममा छुट्टाछुट्टै जिप दुर्घटना भएका छन् ।
सोमबार बिहान जिल्लाको चौरपाटी गाउँपालिका वडा नं १ स्थित बिउनी भन्ने स्थानमा से १ ज ४९० नम्बर जिप दुर्घटनामा भएको हो। दुर्घटना जिप चालक धर्म थापा घाइते भएका छन्।जिपमा चालक मात्रै थिए ।

यस्तै आजै बिहान मेल्लेख गाउँपालिका वडा नं ७ नन्देगडाको देउमाडुमा सु प प्र ०१-००१ज १३५९ नं.को जिप बेक्र फेल दुर्घटना हुदाँ ८ जना घाइते भएका छन।

घाइते हुनेमा मेल्लेख गाउँपालिका ६ का २१ बर्षिय सानु कुवर बर्ष २६ का उत्तम खड्का १८ बर्षिय को समिर रावल वडा नं ५ का १८ बर्षिय सतिष नेपाली र वडा नं६ ३५ बर्षिय राजेन्द्र रावत घाइते भएका छन।
यस्तै वडा नं ५ का ५० बर्षिय टेक बहाबदुर रावत २३ बर्षिय योगेन्द्र खड्का र वडा नं ७का जिप चालक समेत रहेका २५ महेश खड्का घाइते भएका छन। घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भईरहेको अछाम प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया