Advertisement
SKIP THIS
बझाङमा हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी

बझाङः बझाङमा हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी गरिएको छ। बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा चोरी भएको हो।

बुधबार राति सुर्मा गाउँपालिका–३ धनीधारामा रहेको हेल्थ पोष्टमा तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा क्षति पुगाइएको छ भने तीन बट्टा कण्डम चोरिएको बताइएको छ। तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया