Advertisement
SKIP THIS
कैलालीमा गाडीको ठक्करबाट एक महिलाको मृत्युु

कैलाली : कैलालीमा गाडीको ठक्करबाट एक महिलाको मृत्युु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–९ की ६१ वर्षीया मनादेबी रावतको गाडीको ठक्करबाट मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–६ को बनबेहडामा नम्बर नखुलेको गाडीको ठक्करबाट रावत घाइते भएकी थिइन्।

उनको बुधवार राति उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो। ठक्कर दिएको आशंकामा केही सवारीसाधन नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया