Advertisement
SKIP THIS
अरिङ्गालले टोकेको गम्भीर घाइते अछामकी एक बालिकाको धनगढीमा मृत्यु

अछामः अछाममा एक बालिकाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–३ दर्बाकी १० वर्षीया झर्ना बि.क को सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

झर्नालाई बारीमा बाख्रा चराइरहेका बेला आइतवार अरिङ्गालले टोकेको थियो। उनको उपचारको क्रममा हिजो (सोमवार) सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया